राप्ती स्वास्थ्य प्रतिष्ठानका तीन कर्मचारीमा कोरोना पुष्टि

बुटवल । दाङकाे घाेराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा प्रतिष्ठानकै तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यहाँ गरिएको परीक्षणमा अन्य ७२ जनाको रिपोर्ट पनि पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । संक्रमित पुष्टि हुने अन्यमा घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, लमहीका ३ जना रहेका छन् ।

योसँगै दाङमा कुल संक्रमितको संख्या ४ सय ५५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *