निशान र एलिनाकाे ‘के माया लाग्छ र ?’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । गणेश सेन्चुरीको लुकीछिपी किन मायामा बोलको म्यूजिक भिडियो गीत पश्चात सम्भवत नेपालमै पहिलो पटक आर्टमाण्डुले ‘के माया लाग्छ र ?’ गीतको भिडियोको प्रिक्वेल रिलिज गरेको छ ।

गीतको भिडियोमा ग्रामीण भेगको नेपाली जनजीवन र दशकौं अघिका परिवेश अनि बाल्यकालको गाँउले याद पस्किएका निर्देशक नविन चौहानले लुकीछीपी किन मायामा पछि यसको प्रिक्वेल गीत ‘के माया लाग्छ र ?’ बनाएका हुन् ।

मुकुन भुषाल र सुरविना कार्कीको जीवन्त अभिनय रहेको यस गीतमा निशान भट्टराई र एलीना चौहानको आवाज रहेको छ । गीत हर्क साउदले लेखेका हुन् भने संगित अंकित बाबु अधिकारीको रहेको छ । गीतको संगीत संयोजन कुशल सिंहले गरेका हुन् भने मिक्सिंग–मास्टरिङ्ग शार्दूल श्रेष्ठले आर्ट्माण्डुको आफ्नै स्टुडियोमा गरेका हुन्। भिडियो तर्फ गीतको छायांकन निशाल पौडेलले गरेका हुन् भने सम्पादन सुनिल पौडेलले गरेका छन् ।

आर्टमाण्डु नेपालको प्रोडक्शन रहेको यस गीतले नेपाली सागिंतिक क्षेत्र अनि गीतको भिडियो निर्माणको क्रममा पुनः ग्रामिण परिवेश र मौलिक कथाको धार फर्काएको धेरैको विष्लेषण थियो । यस भिडियो श्रृंखलाको पहिलो भाग अर्थात् प्रिक्वेल आज रिलिज भएकाे छ । उक्त भिडियो कथाका अवयवहरुको प्रथम संस्करणका रुपमा ‘के माया लाग्छ र ?’ बोलको गीतको भिडियोले ‘लुकीछीपी किन माया’ मा को भिडियो कथालाई थप अर्को कथा र परिवेशले जोडिदिएको छ ।

लुकिछिपी किन मायामा गीतले गत वर्षको इमेज अवार्ड्समा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो’ र ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’ गरि २ वटा विधामा अवार्ड जित्न सफल भएको थियो ।

भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *