अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि, अस्पताल लैजाँदै गर्दा गुम्यो ज्यान

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । अचेत अवस्थामा फेला परेकी कोरोना संक्रमित एक महिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङका क्रमाम दिएको जानकारी अनुसार असार ११ गते अन्दाजी २५–३० वर्षकी महिला राप्ती स्वास्थ्य प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले उनलाई उपचारका लागि राप्ती प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही दिन उनको स्वाब संकलन गरी राप्ती प्रतिष्ठानको प्रयोगशालामा पीसिआर परीक्षण गरिएको थियो । असार १२ गते उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनको हालसम्म नाम र ठेगाना खुलेको छैन । अहिले उनको परिवार खोज्ने काम भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कुल मृतकको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *