‘सीमा विवाद समाधान गर्न भारतले चासो देखाएन’

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादको विषयमा नेपालले तीन पटक पत्र पठाउँदा पनि भारतले चासो नदिएको बताएका छन्। नेकपाको जारी स्थायी समिति बैठकमा ज्ञवालीले सीमा विवाद समाधानका लागि सरकारले गरिरहेको प्रयासका बारेमा जानकारी गराउँदै सो कुरा बताएका हुन्।

उनले भनेका छन्, ‘गत नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो दिएन। अहिले पनि हामी वार्ताका लागि पहल गरिरहेका छौं।’ सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको परराष्ट्र मन्त्री ज्ञवालीको गुनासो छ।

चीनसँग नेपालको कुनै सीमा समस्या नभएको र आगामी दिनमा कुनै समस्या आएमा संवादमार्फत् समाधान गरिने पनि उनले बताएका छन्। उनले भनेका छन्, ‘चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको हो।’

यसअघि एक विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्रालयले चीनले सीमा नमिचेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमा मिचिएको बारे कुनै प्रतिवेदन नै नबनाएको बताएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *