कर्णाली प्रदेशमा थप २६ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १४३३ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

बराहताल गाउँपालिका-९ का २७ वर्षीय पुरूष, वीरेन्द्र नगरपालिकाका १२ जना, दुल्लुका ५ जना, शारदा नगरपालिकाका ३ जना, शिवालय गाउँपालिकाका २ जना, छायाँनाथ रारा नगरपालिका- ५ का एक जना, काठमाडाैंकाे टाेखा नगरपालिका-६ का एक जना पुरूष र सिंजा गाउँपालिका-६ कि एक महिलामा संक्रमण पुष्टि भएकाे हाे ।

२६ जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा कुल संक्रमितकाे संख्या १ हजार ४३३ पुुगेकाे छ । संक्रमितमध्ये ७२०  जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् भने ६ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *