पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
२०७७ असार ११ गते

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमित पुरुषको मृत्यु भएको छ ।
चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको हो ।
उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनालाई पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचारका लागि राखिएको थियो ।
शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनकाे मृत्युसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २६ पुगेकाे छ । हालसम्म नेपालमा १० हजार ७२८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ जसमध्ये २ हजार ३३८ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् ।
२०७७ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








