अभिनेता गोविन्दाको कार दुर्घटना
२०७७ असार ११ गते

काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजाको कार दुर्घटना भएको छ ।
बुधवार साँझ उनको कार दुर्घटना भएको हो । यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको नवभारत टाइम्सले जनाएको छ । कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए ।
घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ। ठक्कर दिने गाडीमा चालकमात्रै थिए । दुर्घटनामा दुबै गाडीमा सामान्य क्षति भएको छ। कोही घाइते भएका छैनन् ।
२०७७ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








