बेलायतमा काेराेनाकाे खाेप मानिसमा परीक्षण गरिँदै

एजेन्सी । बेलायतमा कोरोनाको खोप परीक्षण गर्ने तयारी भएको छ । बेलायतमा मानिसमाथि कोरोनाको खोप परीक्षण गर्ने तयारी सुरू भएको हो।

उक्त परीक्षणमा तीन सय मानिस सहभागी हुनेछन् । समाचारका अनुसार लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको छ।

यसको परीक्षणको नेतृत्व प्राध्यापक रविन शटोले गर्ने जनाइएको छ। विविसी समाचारका अनुसार जनावरमाथि गरिएको खोप परीक्षण सफल भएको र यस खोपले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउन सहयोग पुर्‍याउने बताइएको छ।

हाल विश्वका १ सय २० ठाउँमा कोरोनाविरूद्धको खोप बनाउने प्रयास जारी रहेको छ। यसमध्ये १३ स्थानमा खोप चिकित्सकीय परीक्षणको तहसम्म पुगिसकेको छ।

चीनमा पाँच, अमेरिकाका ३ र बेलायतका दुई वटा खोप विकास कार्यक्रम चिकित्सकिय चरणमा पुगेका छन्। यसका अलावा अस्ट्रेलिया, रूस र जर्मनीका १-१ खोप विकास कार्यक्रम यो तहमा पुगेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *