एकैदिन थपिए ६२९ कोरोना संक्रमित, थप ११४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६२९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५१९ जना पुरुष र ११० जना महिला रहेका छन् । काठमाडौंमा पनि एक जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ६२९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । संक्रमितमध्ये २ हजार ३३८ जना उपचारपछि निको भएर फर्किसकेका छन् । गएको २४ घण्टामा मात्रै ११४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा गएको २४ घण्टामा ६ हजार ८२८ पीसिआर परिक्षण भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =