दक्षिण अफ्रिकाको एक विद्यालयका २०० विद्यार्थीमा भेटियाे काेराेना
२०७७ असार १० गते

काठमाडौं । दक्षिण अफ्रिकाको एक बोर्डिङ्ग स्कुलमा २ सय भन्दा बढी विद्यार्थी र कर्मचारी कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । विद्यालयले मंगलबार यसबारे पुष्टि गरेको हो ।
उक्त स्कुल दक्षिण अफ्रिकाको गरिब मानिने इस्टर्न केप प्रान्तमा रहेको छ । स्कूलमा विद्यार्थीहरु यसै महिनादेखि मात्रै गएका थिए । दक्षिण अफ्रिकामा हालसम्म एक लाख १५ हजार ९० जना संक्रमित भएका छन् ।
कुल संक्रमितको १५ प्रतिशत मामिला यसै प्रान्तमा छ । समाचार एजेन्सी एएफपीका अनुसार इस्टर्न केप प्रान्त दक्षिण अफ्रिकाको तेस्रो सबैभन्दा धेरै कोरोना प्रभावित राज्य हो ।
२०७७ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








