एन आई सी एशिया बैंकद्वारा दुई जनालाई घातक रोग उपचार बीमाको ३० लाख रकम प्रदान

काठमाडौं । एन आई सी एशिया बैंकले दुई जनालाई घातक रोग उपचार बीमा रकम दिएको छ । एन आई सी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत दुई जना ग्राहकहरूलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको हो ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासी भुमईका दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौं बुढानिलकण्ठका बसन्तराज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तान गरिएको बैंकले जनाएको छ ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।

उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरुलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ ।

यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू रहेको छ ।

बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै लोकप्रिय बनेको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहकहरू माझ ल्याउदै आएको छ ।

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ । ग्राहकले यस खातामा प्राप्त रू.२१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रू.१४ हजार बराबर बीमा शुल्क वापत थप बुझाउनु पर्ने हुन्छ । जसकारण ग्राहकलाई करिब रू.१४ हजार प्रत्यक्ष फाइदा पुग्छ ।

त्यस्तै कर्जा सम्बन्धीे चमत्कारिक सुविधाबाट रू.१ लाख १३ हजारसम्मको फाइदा लिन सक्नेछन् भने नेपालभरका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क IVR सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मुल्य गणना गर्दा खातावालाले करिब रू.८७ हजार बराबरको फाइदा लिन सक्नेछन् ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू.१ करोड ३३ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् । यस्ता योजनाहरूबाट नेपालमा बैंक खातामार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकको विस्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *