थाइल्याण्डबाट ३२५ नेपालीको उद्धार

काठमाडौं । थाइल्याण्डबाट २ पटकमा ३२५ नेपालीको उद्धार गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जारी लकडाउनबाट प्रभावित भएका ३२५ जना नेपालीको उद्धार गरिएको हो ।

बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो । मंगलबार मात्रै नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

यसअघि हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुनमा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको थियो । दूतावासका अनुसार थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नसिपमा आएकाहरु, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना रहेका छन् ।

त्यस्तै पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना, जेलमुक्त भएका एकजना र नावालक बच्चा ६ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =