कर्णाली प्रदेशः थप एक कोरोना संक्रमितको मृत्यु, २५ संक्रमित थपिए

काठमाडौं । कर्णाली प्रदेशमा थप एकजना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको त्यहाँको सामाजिक विकास मन्त्रालय अन्तगर्तको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । डा. तिवारीका अनुसार असार ३ गते पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा उनको पीसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । त्यस्तै त्यहाँ आज थप २५ जनामा कारोना संक्रमण पुष्टि भएको छ । थप २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १ हजार ३०७ पुगेको छ । संक्रमितमध्ये ५६० जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =