बाबा रामदेवले बनाए कोरोनाको आयुर्वेदिक औषधि !

काठमाडौं । पतञ्जलीले मंगलबार ‘कोरोनिल ट्याबलेट’ र ‘श्वासारि बुटी’ नामक औषधी लञ्च गरेको छ । कम्पनीको दाबी छ कि उक्त औषधी कोरोना भाइरस (कोभिड १९) संक्रमणको आयुर्वेदिक उपचारमा प्रयोग गर्न सकिनेछ ।

पतञ्जली योगपीठले हरिद्वारमा यस्तो बताए कि क्लिनीकल ट्रायलको समयमा कोरोना संक्रमित बिरामीमाथि यसको सय प्रतिशत सकारात्मक प्रभाव देखियो ।

‘पुरा देश र दुनियाँ कोरोनाको भ्याक्सिन तथा औषधीको पर्खाइमा छ । कोरोनाको औषधी घोषणा गर्दा हामीलाई गर्व लागेको छ । रिसर्च, क्लिनिकल ट्रायल र एबिडेन्स बेस्ड पहिलो आयुर्वेदिक औषधी तयार गरेका छौँ,’ योग गुरु राम देवले भने, ‘पतञ्जली रिसर्च सेन्टर र एनआईएमएस (नेश्नल इन्स्टीट्युट अफ मेडिकल साइन्सेज, जयपुर) को संयुक्त प्रयासबाट यो तयार गरिएको छ । तीनदेखि सात दिनमा यसको प्रयोगबाट संक्रमित व्यक्ति पुरै ठिक हुनेछन् । ६९ प्रतिशत बिरामी तीन दिनमा र बाँकी बिरामी ७ दिनमा निको भएको हामीले पाएका छौँ ।’

बाबा रामदेवको दाबी छ कि उक्त औषधी ट्रायलमा २८० प्रतिशत बिरामीले भाग लिएका थिए । उनीहरु सबै पुरै किसिमले ठिक भएका थिए । उनले औषधी परीक्षणका लागि पहिले नै अनुमति लिइएको पनि दाबी गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *