मङ्गलवार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् लाइन काटिने 

काठमाडौँ । मङ्गलवार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म महाराजगन्ज वितरण केन्द्रको विद्युतलाइन काटिने भएको छ । बुढानीलकण्ठ नगरपालिका –२ गणेश चोकको जीर्ण भएको ११ मिटर एच टी लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकाले उक्त क्षेत्रको लाइन सटडाउन गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

उक्त फिडर अन्तर्गतका घुम्ती, धापासी, च्यासिन्टोल , हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रहरूको लाइन काटिने जनाइएको छ ।

समय अगावै काम सम्पन्न भएमा सो समयभन्दा अगाडि नै लाइन सुचारु गरिनेसमेत प्राधिकरणले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =