बैङ्क अफ काठमाण्डूद्वारा दुर्घटनामा मृत्यु भएका कर्मचारीको सात लाखको बीमा रकम भुक्तानी

काठमाडौं । बैङ्क अफ काठमाण्डूले दुर्घटनामा मृत्यु भएका एक कर्मचारीको बीमा दाबी बापतको सात लाख रकम उपलब्ध गराएको छ । इन्जिनियरिङ कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएपछि उनको बीमा दाबी बापतको रकम रु सात लाख स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैङ्कको हेटौँडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले हस्तान्तरण गरेका हुन् ।

बैङ्क अफ काठमाण्डू लिमिटेडले बिओके सुपर तलब खातामा विभिन्न सुविधाहरूका साथ रु. सात लाख दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको बिमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यस खातामा रहेका थुप्रै सुविधाहरूको प्रयोगबापत लाभ लिन श्री नेपाल ईकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले कर्मचारीहरूको तलब खाता बैङ्क अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समयदेखि सञ्चालन गर्दै आइरहेको छ ।

साथै, बैङ्कको उक्त तलब खातामा रहेको बीमा सुविधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो ।

बैङ्कले हाल ८९ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरूलाई बैङ्किङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *