थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९ हजार ५६१ पुग्यो
२०७७ असार ८ गते

फाेटाे फाइल
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५३५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
आज थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ९ हजार ५६१ पुगेको छ । संक्रमितमध्ये २ हजार १४२ जना डिस्चार्ज भइसकेका छन् भने ७ हजार ७८९ जना विभिन्न अस्पतालको आइसोलेनमा उपचाररत छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै ३७० जना निको भएर फर्किएका छन् । हालसम्म २३ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।
२०७७ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








