वीरगञ्जमा डेढ वर्षका बालकसहित ११ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट डेढ वर्षीय बालकसहित ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् ।

उपचाररत संक्रमित सबैको अस्पतालको आइसोलेनमा बसेको ६ दिनपछि गरिएको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा सखुवाप्रसौनीका डेढ र ३ वर्षीय दुई जना बालक र एक महिला रहेका छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एकजना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष पनि डिस्चार्ज भएका छन् । गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पर्सामा हालसम्म १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको हिजोको विवरण अनुसार देशभर संक्रमितको संख्या ९ हजार २६ छ । आज थपिएका संक्रमिहरुको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *