सुर्खेतको अमरज्योति माविमा सामाजिक दुरी कायम गरी पठनपाठन सुरु

सुर्खेत । सुर्खेतको अमरज्योती माध्यमिक विद्यालयले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरेको छ । सामाजिक दुरी कायम गरी विद्यालयमा पठनपाठन सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले मकालु खबरलाई जानकारी दिएका छन् ।

सरकारले लकडाउन खुकुलो बनाए पनि विद्यालय सञ्चालन गर्न नहुने बताए पनि बालबालिकाको पठनपाठन प्रभावकारी भएको भन्दै विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक थापाले बताए ।

उनले अध्ययन अध्यापनका साथै सामाजिक दुरी कायम गरिने र विद्यार्थीको सुरक्षामा पनि ध्यान दिइएको बताए । सबै विद्यार्थीहरूलाई अनिवार्य मास्क र गेटमा स्यानिटाइजरको व्यवस्था पनि गरिएको बताए ।

७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखिएको प्रधानाध्यापक थापाले बताए उनले भने, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकाबमोजिम नै पठनपाठन सञ्चालन गरेका छौँ, दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।’

उनले पहिलो पटक सामाजिक दुरी कायम गरी आइतबार कक्षा सञ्चालन गरेको बताए । यस्तै बेन्चमा एक जना मात्रै बस्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

सरकारले कोरोना भाइरस महामारीको जोखिम बढी रहँदा अन्य क्षेत्रमा निश्चित मापन्ड अपनाइ लकडाउन केही खुकुलो बनाए पनि विद्यालय क्षेत्र भने नखोल्न आग्रह गरेको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको थियो, तर यो व्यवस्था पनि प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *