सामसङ प्लाजाको नयाँ वेबसाइट सार्वजनिक, अब सबै सूचना वेबसाइटबाटै हेर्न सकिने

काठमाडौँ । सामुसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरिएको छ । सामुसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रूपमा सामसङ प्लाजाका लागि वेबसाइट ल्याएको हो ।

उक्त वेबसाइटमा सामसङका उत्पादनहरूको विशेषताहरू र मूल्यहरू राखिएको छ । जसले ग्राहकहरूलाई आवश्यक उत्पादनहरू कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ ।

लकडाउनको बिचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरू खरिद गर्न इच्छुक ग्राहकहरूका लागि समाधानको रूपमा आएको जनाइएको छ ।

यसका साथै उनीहरूले सर्भिससँग सम्बन्धित जिज्ञासाहरू पनि राख्न सक्दछन् । सामसङ प्लाजामा विभिन्न मूल्य दायराका सामसङका उत्पादनहरू — एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरू रहेका छन् । सामसङ प्लाजा नेपालका विभिन्न स्थाहरुमा अवस्थित छन् ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि. की निर्देशक सीमा गोल्छाले भनिन्, “बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउँदो वर्षहरूमा फस्टाउँदै जान अर्को कदमको रूपमा हामीले नयाँ वेबसाइट सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौँ । हाम्रो हालै सुरुवात गरिएको वेबसाइटमार्फत ग्राहकहरूलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरू खरिदको नयाँ अनुभव प्रदान गर्दै उनीहरूको सेवाका लागि तत्पर छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *