नेपालमै पहिलो पटक बैङ्किङ क्षेत्रमा अपाङ्गता मैत्री वेबसाइट

काठमाडौँ । सानिमा बैङ्कले नेपालमै पहिलो पटक अपाङ्गता मैत्री वेबसाइट सञ्चालनमा ल्याएको छ । बैङ्किङ क्षेत्रमा विगत १५ वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएको बैङ्कले पहिलो पटक नेपाली बैङ्किङ क्षेत्रमा अपाङ्गता मैत्री वेबसाइटको सुरुवात गरेको हो ।

बैङ्कका अनुसार यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवण शक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरूको लागि उपयोगी हुने छ । यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैङ्कले लिएको छ ।

साथै अन्य व्यक्तिहरू जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरूलाई पनि अनलाइनबाट आफ्नो बैङ्कको सेवा सम्बन्धी जानकारी तथा बैङ्किङ पहुँच पुर्‍याउने प्रयास गरिएको बैङ्कले जानकारी दिएको छ ।

बैङ्कको वेबसाइट https://www.sanimabank.com/ मा गई दायाँ कुनामा रहेको डिसेवल फ्राइन्डली आइकन क्लिक गरी आवश्यक मेनुमा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेबसाइटको प्रयोग गर्न सकिने बैङ्कले जनाएको छ ।

हालका लागि यो सेवा अङ्ग्रेजीमा मात्रै उपलब्ध रहेको र समय क्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरू पनि थप विस्तार र परिमार्जन गर्दै लगिने बैङ्कका प्रमुख, निक्षेप व्यवस्थापक विमल बास्तोलाले जनाएका छन् ।

हाल सानिमा बैङ्कका देशभर सातै प्रदेशमा ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएम रहेका छन् । सबै क्षेत्रबाट बैङ्कले सहजरुपमा बेंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *