७५ जिल्लामा फैलियो कोरोना, ललितपुरमा फेरि १ थपिए

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारी नेपालका ७५ जिल्लामा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी गराएका हुन् । आज देशभर ४२१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितध्ये ललितपुरकी एक महिला रहेकी छिन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७७२ निको भइसकेका छन् । अन्यको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *