गुल्मीका थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमका अनुसार गुल्मीको छत्रकोट गाउँपालिका– ५, मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ती पुरुष प्यारालाइसिस उपचारका लागि भारत गएका थिए । जेठ २५ गते नेपाल फर्किएका उनी होम क्वारेन्टाइनमै बसेका थिए । उनको असार ५ गते घरैमा मृत्यु भएको थियो । सोही दिन नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएकोमा ६ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको शव नेपाली सेनाको सहयोगमा असार ६ गते नै व्यवस्थापन भइसकेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *