थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९ हजार २६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु झापा, उदयपुर, रामेछाप, रुपन्देही, सर्लाही, सिरहा, अर्घाखाँची, बागलुङ, कास्की, स्याङ्जा लगायत जिल्लाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप ४२१ जनामा कोरोना पुष्टि भएसँगै देशभर संक्रमितको संख्या संक्रमित संख्या ९ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन् । हालसम्म उपचारपछि निको हुनेको संख्या १ हजार ७७२ पुगेको छ । अन्यको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *