काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

काठमाडौं । आज आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण जारी छ । बिहान १०ः५० बजे स्पर्श गरेको ग्रहण मध्याह्न १२ः३८ बजे मध्ये भएर अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्नेछ ।
तीन घण्टा ३३ मिनेटसम्म नेपालका विभिन्न प्रदेश तथा स्थानबाट हेर्न सकिन्छ । सुरक्षात्मक उपाय अपनाएर आइतबार ग्रहण अवलोकन भइरहेको छ । वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने खगोल विज्ञानका क्षेत्रमा काम गरिरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
शास्त्रीय मान्यता अनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।
आइतबारको ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ ।
काठमाडाैंबाट देखिएकाे सूर्य ग्रहणः












