कुवेतमा एक नेपालीले गरे आत्महत्या प्रयास

काठमाडौं । कुवेतको एक शहरमा एक नेपालीले आत्महत्या प्रयास गरेका छन् । कुवेतस्थित महाबुल्ला शहरको एक स्टोरको छतबाट उनले आत्महत्या प्रयास गरेका हुन् ।

ती पुरुषलाई त्यहाँस्थित फिन्टास प्रहरी चौकीले नियन्त्रणमा लिएको अरबटाइम्स अनलाइनले जनाएको छ । कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो ।

अरबटाइम्स अनलाइनका अनुसार कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपछि ती व्यक्ति नेपाली रहेको र आत्महत्याका लागि छतमा आएको बताएका थिए । यद्यपी आत्महत्या प्रयासको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =