सीटीइभीटीको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारी मनोनयन

काठमाडौं । सरकारले यो साताका मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता, सुचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको बताए ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीटीइभीटीको अध्यक्षमा मनोनयन गरेको डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद्ले वौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त गरेको छ । त्यस्तै कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाङ नियुक्त भएका मन्त्री खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ । काभ्रेको नमोवुद्ध नगरपालिका–७ घर भएका उनले केही महिनाअघि अर्थ मन्त्रालयको सचिव पदबाट अवकाश पाएका थिए ।

यसैगरी सरकारले आर्थिक वर्ष २०७६/७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा गर्नेगरी नियमावली संशोधन गरेको छ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तह (आयोजना सञ्चालन भएका स्थानीय तह) को कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

चालु आर्थिक वर्षमा निर्वाचित एक सांसदले आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न सक्नेगरी विनियोजन गरिएको थियो। चैत ११ गतेदेखि भएको लकडाउनका कारण सांसदहरुको यो रकम पूर्ण रुपमा खर्च हुन सकेको छैन।

केके छन् मन्त्रिपरिषद्का निर्णयहरु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *