करिष्माको ‘पन्छी’ युट्युवमा आजबाट

काठमाडौं । नायिका करिष्मा मानन्धरको सफल चलचित्र ‘पन्छी’ युट्युवमा आउँदैछ । नायिका करिष्माका अनुसार ‘पन्छी’ आज बेलुकी साँढे सात बजेबाट युट्युवमा रिलिज हुनेछ ।

२०५८ सालमा निर्देशक आकाश अधिकारीद्वारा निर्देशित ‘पन्छी’ ले राम्रो कमाई गरेको थियो । स्टार कास्टले भरिएको ‘पन्छी’ नेपाल तथा भारतमा छायांकन गरीएको थियो ।

चलचित्रमा त्यत्तिबेलाका सुपरस्टार राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, शर्मिला मल्ल, पुजा चन्द, टीका पहाडी तथा निर्देशक आकाश अधिकारीको अभिनय रहेको छ । चलचित्र भरत थापाले निर्माण गरेका हुन् । ‘पन्छी’ २०५८ सालकै महंगो बजेटमा तयार गरीएको चलचित्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *