नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्त गर्यो २ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीए बाट बैंक जमानत बापतको ८५ करोड रुपैयाँ र युरो ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ प्राप्त गरेको छ ।

यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीए लाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो ।

यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानत जस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।

यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, तनहुँ जलविद्युत् प्रा.लि. र शुभचिन्तकहरूमा निरन्तर सहयोगका लागि आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *