२४ घण्टामा ६७१ जनामा संक्रमण पुष्टि, भक्तपुरमा फेरि ३ जना थपिए
२०७७ असार ४ गते

फाइल तस्विर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएकामध्ये ५९१ जना पुरुष र ८० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । भक्तपुरमा पनि आज ३ जना थपिएका छन् । जसमा एक महिला र २ जना पुरुष रहेका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार आज थप ६७१ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । जसमध्ये अन्य ६ हजार ६४८ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने २२ जनाकाे मृत्यु भएकाे प्रवक्ता गाैतमले पुष्टि गरे ।
२०७७ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








