मुग्लिन-नारायणगढ सडक पुन: अवरुद्ध

चितवन । झन्डै १४ घण्टा पछि एक तर्फी सञ्चालनमा आएको मुग्लिन—नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

पहिरोका कारण बिहानैदेखि अवरुद्ध मुग्लिन—नारायणगढ सडक एकतर्फी रूपमा सुचारु भएको केही समयमा पुनः अवरुद्ध भएको हो।

आज बिहान करिब सवा ४ बजे तिर इच्छाकामना ६ चारकिलो डाँडामा गएको पहिरो १४ घण्टा लगाएर हटाएर साँझ ६ः३० बजेदेखि एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः ७ः१५ पहिरो खसेपछि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

रातको समय भएकोले तत्काल बाटो सञ्चालनमा ल्याउने सम्भावना नभएको पनि प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =