बाँकेकि कोरोना संक्रमित महिलाको मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट बाँके जिल्लाको बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मिर्गौला सम्बन्धी समस्याका कारण भर्ना भएकी थिइन् । असार १ गते कोभिड परीक्षणका लागि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

परीक्षणको रिपोर्ट नआउँदै असार १ गते साँझ नै अस्पतालमा उनको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । असार २ गते आएको परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ ।

योसँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =