नेपाली चलचित्र क्षेत्रमा नातावाद प्रवेश गरेकै हो त ? यसाे भन्छन् सुशिल र दीपक

काठमाडौं । चलचित्रकर्मी तथा हाँस्य कलाकार दिपकराज गिरिले नेपाली कला क्षेत्रमा नातावादको प्रभाव रहेको टिप्पणी गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा रहेको नातावाद र परिवारवादको विषयमा कहिले काही गाईँगुईँ सुनिए पनि सतहमा बहस नभएको अवस्थामा कलाकार गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘भारतमा नातावादको कुरा उठ्नासाथ यता पनि सुरू गरे साथीहरूले तर हाम्रोमा नेपाेटिजम होइन, नेप्टोजम र चेप्टोजमको समस्या छ । गलत मान्छेहरु यही दाउरोमा भात पकाउँछन् !’

त्यस्तै नायक सुशिल श्रेष्ठले पनि यसै सन्दर्भमा एक स्टाटस मार्फत् आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन्– ‘म कुनै फिल्मी परिवारबाट आएको होइन र मलाइ फिल्मी परिवारबाट आउने कलाकारहरुसँग केही ईष्र्या पनि छैन ।’

उनले फिल्मी परिवारबाट आएको कलाकारहरु मध्ये पनि कति चलेका र कति नचलेका भन्दै केही विशेष प्रतिभा भएका कारण नै उनीहरु चलेको धारणा राखेका छन् ।

‘कतिपय अहिलेसम्म पनि मिहेनत गर्दैछन् र अघि बढ्ने प्रयास गर्दैछन् त्यसैले हामी नेपालमा अहिले नै यस्तो नातावादको कुरा नगरौं जस्तो लाग्छ । बरु आफू मिहेनत गर्दै गरौँ । अगाडि बढ्दै गरौँ’, नायक सुशिलले लेखेका छन्– ‘ यहि हार नै तपाईंको जितको सुरुवात हुनेछ । कतिपय साथीहरु म सँगै चलचित्रमा काम गर्नु भएको फिल्मी परिवारको नभएता पनि आफ्नो कामले राम्रो स्थानमा पुगेका छन् जस्तो लाग्छ । जुन आम दर्शक चलचित्रकर्मी र पत्रकार साथीहरुले प्रस्ट देख्नु भएकै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *