प्रधानसेनापति र सशस्त्रका महानिरीक्षक दार्चुलाको छाङ्गरूमा

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आज (बुधबार) दार्चुलाको छाङ्गरु पुगेका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यहाँ पुगेका हुन् ।

बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको जानकारी दिइएको छ । दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षण समेत गरेका छन् । सो विषयमा छलफल सकिएपछि दुवै प्रमुख त्यहाँबाट फर्कनेछन् ।

दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो। भारतले सीमा अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =