नाबालिका बलात्कार आरोपित श्रीप्रसाद सुब्बा पुर्पक्षका लागि थुनामा

धरान । आफ्नै परीवारकी नाबालिका बलात्कारको आरोप लागेका तत्कालिन समाजवादी पार्टीको युवा संघ एक नं. प्रदेश कमिटि अध्यक्ष श्रीप्रसाद सुब्बा पुर्पक्षको लागि थुनामा गएका छन् ।

सुनसरी जिल्ला अदालतले आइतबार थुनछेक बहस पछि उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।
सुनसरी जिल्ला अदालतका २ नम्बर इजलाशका जिल्ला न्यायाधिश धर्मराज पौडेलको एकल इजलाशले श्रीप्रसाद सुब्बालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जर्बजस्ती करणी मुद्दाका प्रतिवादीलाई २ नम्बर इजलाशका जिल्ला न्यायाधिश धर्मराज पौडेलको इजलाशबाट थुनामा पठाउने आदेश भएको बताए ।

यता इलाका प्रहरी कार्यालय धरानका मुद्दा फाँटका एक प्रहरीले पनि नाबालिका बलात्कार मुद्दाका आरोपी सुब्बालाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको बताए ।

८ बर्षीय नाबालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले सुब्बालाई जेठ ८ गते पक्राउ गरेको थियो । उनीविरुद्ध जेठ ५ गते प्रहरीमा उजुरी परेको थियो ।

पुर्पक्षका लागि जेल चलान भएका श्रीप्रसाद सुब्बा यसअघि पनि पटक–पटक गुण्डागर्दी, झै–झगडा र चन्दा असुलीको केसमा कैद सजाय भुक्तान गरीसकेका ब्यक्ति हुन् । धरानमा चन्दा उठाउने, उद्याेगी ब्यापारीलाई थर्काउने, धरानका विभिन्न पसल तथा हाेटल रेष्टुरेन्टमा खाएर पैसा नतिर्ने काण्डमा पक्राउ परेका सुब्बालाई प्रहरीले पटकपटक पक्राउ गर्ने गर्दथ्याे ।

श्री सुब्बा धरानकाे संघिय समाजवादी पार्टीकाे युवा नेता भएकाेले उनलाई कुनै केसमा प्रहरीले पक्राउ गर्दा समाजवादीकै नेताहरू छुटाउन लाग्ने गरेका थिए । यिनी यस अघि प्रहरीलाई नै अभद्र ब्यवहार गरेकाे काण्डमा परेका थिए ।

यो पनि हेर्नुहोस्

नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका युवा नेता श्री सुब्बा पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *