नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका युवा नेता श्री सुब्बा पक्राउ

धरान । तत्कालिन संघिय समाजवादी पार्टीका युवा नेता श्री सुब्बा नाबालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले आज उनलाई बालिका बलात्कारको केसमा पक्राउ गरेको हो । उनलाई इप्रका धरानले साँझ ६ बजे धरान १३ स्थित सारंगा जाँदै गर्दा बाटाेबाटै पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा श्री सुब्बालाई पक्राउ गरीएको बताए । प्रकाउ परेका सुब्बा  समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष  हुन् ।

‘उनलाई एक नाबालिका बलात्कारको अभियोगमा पक्राउ गरीएको हो । बालिकाकी आमाले गत ५ गते उजुरी परेपछि खोजतलासको क्रममा थियौं, आज यसलाई धरान–१३ स्थित सारंगा डाँडाबाट पक्राउ गरीएको हो ।’ इप्रका प्रमुख डिएसपी न्याेपानेले बताए ।

बलात्कृत ८ वर्षिय ती नाबालिकाले आमालाई विगत १०–१२ दिन देखि आफु माथि भएको घटना बताएपछि आमाले जेठ ५ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीले यस अवधिमा जिल्ला अदालतबाट पक्राउ पुर्जी नै ल्याएर श्री सुब्बालाई पक्राउ गरेको हो । इप्रका प्रमुख न्यौपानेले उसलाई भोली म्याद थप्न अदालत लैजाने बताए ।

उनी राजनीतिक आवरणमा गुण्डागर्दी गर्ने,  उद्याेगी ब्यापारी थर्काउने कार्यमा जाेडिने गर्दथे । धरानमा चन्दा उठाउने, उद्याेगी ब्यापारीलाई थर्काउने, धरानका विभिन्न पसल तथा हाेटल रेष्टुरेन्टमा खाएर पैसा नतिर्ने काण्डमा पक्राउ परेका सुब्बालाई प्रहरीले पटकपटक पक्राउ गर्ने गर्दथ्याे ।

श्री सुब्बा धरानकाे संघिय समाजवादी पार्टीकाे युवा नेता भएकाेले उनलाई कुनै केसमा प्रहरीले पक्राउ गर्दा समाजवादीकै नेताहरू छुटाउन लाग्ने गरेका थिए । यिनी यस अघि प्रहरीलाई नै अभद्र ब्यवहार गरेकाे काण्डमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *