लालिघाट दुर्घटनाका पीडितलाई अमेरिकाबाट घिमिरेको सहयोग 

काठमाडौं। कालिकोटको लालिघाटमा भएको टिप्पर दुर्घटनाका पीडित परिवारहरूलाई अमेरिकाबाट सोमनाथ घिमिरेले सहयोग गरेका छन् । लालिघाट टिप्पर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका परिवारहरूलाई मानवीयताका हिसाबले गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेले राहत स्वरूप ५० हजार सहयोग गरेका हुन ।

गत जेठ २८ गते भारतबाट फर्केका मानिसहरूलाई क्वारेन्टाईनमा लिन लागिएको टिप्पर दुर्घटनामा ज्यान गुमाएका चार जना, बेपत्ता १ जना र ११ जना घाइते भएका थिए । ती सबै पीडित परिवारको दुखमा साथ दिन नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीको पहलमा समाजसेवी घिमिरे सहयोग गरेका हुन ।

लामो समयदेखी अमेरिकामा बस्दै आएका समाजसेवी घिमिरेले भारतमा मजदुरी गरी घर फर्किएका नागरिकहरू दुर्घटनामा परेर ठूलो क्षेती भएकाले आफूले उनीहरूको पीडामा सहभागी हुन थोरै भए पनि सहयोग गरेको बताए ।

उनले भने, ‘लालिघाट टिप्पर दुर्घटनाले भारतमा मजदुरी गरेर परिवार पाल्ने मान्छेको ज्यान गयो । भारतमा रगत पसिना बगाएर कमाएको मजदुरको कमाई पनि टिप्परसँगै कर्णालीमा बग्यो । लालिघाट दुर्घटनामा ज्यान गुमाउने मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । यस विपद्को घटीमा सबैले उनीहरूलाई सक्दो सहयोग गर्न अपिल पनि गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =