एकैदिन थपिए ४५१ संक्रमित, काठमाडौंमा र ललितपुरमा पनि संक्रमण पुष्टि
२०७७ असार १ गते

काठमाडौं । आज एकैदिन थप ४५१ जनामा कारोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं र ललितपुरका पनि रहेका छन् । काठमाडौंका ४ र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको हो । प्रवक्ता डा. गौतमका अनुसार आज थप ४५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६२११ पुगेको छ ।
संक्रमितमध्ये १०४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । गएको २४ घण्टामा मात्रै ६७ जना डिस्चार्ज भएका छन् । ५ हजार १५१ जनाको विभिन्न अस्पतालको आइसोलेनमा उपचार चलिरहेको छ ।
२०७७ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








