ठमेलबाट विप्लवका कार्यकर्ताहरु पक्राउ
२०७७ असार १ गते

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठनका नेताहरु पक्राउ परेका छन्। प्रहरीले सोमबार उनीहरुलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो।
ठमेलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा प्रदर्शनको तयारी गरिरहेको समयमा विद्यार्थी नेताहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा विप्लव नेकपाका विद्यार्थी नेता गोविन्द विष्टसहित पाँच जना रहेका छन्।
उनीहरुलाई प्रहरी वृत्त टेकु लगिएको प्रहरीले जनाएको छ। एमसीसीको विरोधमा नेपालमा युवाहरुले प्रदर्शन गर्दै आएका छन्।
२०७७ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








