महालक्ष्मी बैङ्कद्वारा विद्यालयमा शौचालय निर्माणका लागि तीन लाख सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि तीन लाख सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकमा दुई वटा विद्यालयलाई सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।

बैङ्कका भैरहवा र नारायणगढ शाखाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यमिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि रु. एक लाख पचास हजार रुपैयाँका दरले जम्मा रु. तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।


भानु माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न एक कार्यक्रमका बिच बैङ्कका सञ्चालक समितिका सदस्ये राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
त्यसै गरी महालक्ष्मी विकास बैङ्कको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बिच शाखाका प्रबन्धक वीरेन्द्र«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरूमा बैङ्क तथा रोटरी क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *