बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
२०७७ जेठ ३२ गते

काठमाडौं। बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आतमहत्या गरेका छन्। उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।
उनले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ। उनी बलिउडका चर्चित कलाकार मानिन्छन्। राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनी बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे।
टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए।
२०७७ जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








