असार १ देखि रेडियो र टीभीबाट पढ्ने व्यवस्था, यस्ताे छ समय र विषय तालिका

काठमाडौं । लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य–दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाइएको छ ।लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा विद्यार्थीहरुलाई पढ्ने वातावरण मिलाउनका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएको हो ।
विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको हाे । सो व्यवस्थाका लागि शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि समय तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ ।











