कोरोनाबाट मृत्यु भएका कुँवरका परिवारलाई एलआइसी नेपालद्वारा बीमा रकम प्रदान

काठमाडौं । एलआईसी नेपालको कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीको गुल्मी शाखाले शुक्रबार मृतक बीमित वम बहादुर कुँवरको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको जानकारी दिएको छ ।

एलआईसी नेपालले तीन लाख ७७ हजार रुपैयाँ बराबरको बीमा दाबी वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको बताएको छ ।

मृतक बीमित कुँवरको २०७७ जेठ ८ गते रुपन्देहिको क्रिमशन हस्पिटलमा कोरोना संक्रमण भएको कारण मृत्यु भएको थियो । उनी गुल्मीको कंकी देउराली निम्न माध्यामिक विद्यालयका प्राधानाध्यापक थिए ।

मृतक वम बहादुरले एलआइसी नेपालमा ४ वर्ष अघि ३ लाख रुपैयाँको बीमा गराएका थिए ।

जीवन बीमा गरेका बीमितको कोरोनाको कारणले मृत्यु भएमा बीमांक बराबरको दाबी भुक्तानी दिने बीमा कम्पनीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *