शुक्रबार एकैदिन थपिए ४४८ संक्रमित, संक्रमित संख्या ५ हजार नाघ्यो
२०७७ जेठ ३० गते

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ४२४ पुरुष र २४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेकाे छ ।
संक्रमितमध्ये ४१७९ जना आइसोलेसनमा छन् भने ८७७ उपचारपछि निकाे भइसकेका छन् । संक्रमित जिल्ला ७२ छ ।
२०७७ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








