सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने

काठमाडौं । कमर्सियल बैंकमा राम्रो स्थान कमाएको सेञ्चुरी कमर्सियल बैंकले अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट स्वीकृत ४.७५ प्रतिशत नगद लाभांश मध्ये कोभिड–१९ को महामारीमा शेयरधनीहरुलाई थोरै भएपनि राहत दिनका लागि स्वीकृत नगद लाभांशको ३ प्रतिशत रकम अन्तरिम लाभांशका रुपमा वितरण गर्ने भएको हो ।

हाल कायम चुक्ता पूँजी रु.८,४१,५४,७१,५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम रु. ३९,९७,३४,८९९.८७ वितरण गर्न स्वीकृत प्राप्त भएकोमा कोभिड–१९ को महामारीले वार्षिक साधारण सभा नभएको अवस्थामा शेयरधनीहरुलाई उक्त स्वीकृत नगद लाभांशको ३ प्रतिशत रकम अन्तरिम लाभांशका रुपमा वितरण गर्ने भएको बैंकले जनाएको छ ।

विषम परिस्थितिमा शेयरधनीहरुलाई केही राहत महसुस गराउने हेतुले उक्त स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् रु.२५,२४,६४,१४७.२८ बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम रु. २३,९८,४०,९३९.९२ मिति २०७६/११/३० गते कायम रहेका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने बैंकको सञ्चालक समितिले निर्णय गरेको हो ।
बैंकले बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *