कोरोना संक्रमित प्रहरीको संख्या ३८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित प्रहरीको संख्या ३८ पुगेको छ । देशभर संक्रमित भएका ४ हजार ३६४ मध्ये ३८ जना प्रहरी रहेको पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुमा कार्यरत २ प्रहरी, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा २, सिरहामा २ सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ ,काठमाडौं उपत्यकामा ४ र कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३८ मध्ये १८ जना उपचारपछि निको भइसकेका छन् । अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =