बलात्कारको आरोपमा चौधरी पक्राउ

प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । ‘बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी गरेका छौँ’, उनले भने । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =