ओपोको कलरओएस डिजाइनले अशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै

काठमाडौँ । ओपोको कलरओएसले अशक्त मानिसहरूलाई मोबाइल तथा इन्टरनेटका माध्यमबाट विभिन्न सुविधाहरू प्रदान गरिरहेको छ । इन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलियान्सका एक सदस्यका रूपमा ओपोको कलरओएसले सक्रियरुपमा असक्तता भएका मानिसहरूलाई सहयोग गर्न र दैनिकीमा मोबाइल इन्टरनेटका माध्यमबाट अनुकुलित सुविधाहरू माथि पहुँच पु¥याउ पहल गरिरहेको जनाएको छ ।

हालसालै डब्ल्यूएचओद्वारा प्रेषित एक रिपोर्ट अनुसार, एक बिलियन भन्दा बढी मानिसहरू कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । तथ्याङ्क अनुसार यो भनेको विश्व जनसङ्ख्याको १५ प्रतिशत हो । अशक्तता रहेका मानिसहरूका स्वास्थ्य हेरचाह सम्बन्धी आवश्यकता साधारण मानिसका तुलनामा धेरै हुने गर्छन् र तिनका आवश्यकता धेरैजसो समयमा पूर्ति समेत हुन पाउँदैन । त्यसैले कलरओएसले अशक्तहरूको दैनिकीमा सहयोग पुर्‍याउन यो योजना ल्याएको हो ।

दृश्य स्तर
दृश्य स्तरको कुरा गर्दा कलरओएसले दृष्टि अक्षमता भएका मानिसलाई टक ब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहज तरिकाबाट बुझ्न सघाउँछ । टक ब्याक फिचर सक्रिय गर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरू भ्वाइस गाइड फञ्सनका माध्यमबाट सहजै पढ्न सक्छन् ।

साथै, स्क्रिनमा नहेरिकनै अर्को पेजमा जम्प गर्न सक्छन् । सेलेक्ट टू स्पिक फञ्सन सक्रिय गरेसँगै प्रयोगकर्ताले टेक्स्ट पोजिसनमा क्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन् । साथै, आफ्नो आवश्यकता अनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन् । गेस्चर एण्ड मोसन्स फञ्सनले दृष्टि अक्षमता भएका प्रयोगकर्तालाई अझ सहज तरिका बाट एन्सर र ह्यांग अप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउँछ । यो फञ्सन अन गरेसंगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरू लिन सक्छन् । यसको माध्यमबाट ईनकमिंग कल स्विकार्ने कार्यमा सहजता प्राप्त हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालित रूपमा कल रिसिभ गर्न सक्छन् ।

रङ्ग दृष्टिमा कमी भएका मानिसका लागि कलरओएसमा कलर एक्सेसिबिलिटी मोडपनि उपलब्ध गरिएको छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’का तुलनामा कलरओएसले प्रयोगकर्तालाई तिनको आवश्यकता अनुसार अक्षरको रङ्ग परिवर्तन गर्न सघाउँछ । यो फञ्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमा पनि गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।

सुनुवाइको स्तर
कलरओएसले श्रवण अक्षमता भएका प्रयोगकर्ताहरूलाई समेत समाधान उपलब्ध गराउँछ । यसमा उपलब्ध फञ्सनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिनत गरी एउटै कानमा दुबै च्यानलको आवाज पे्रशित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ । साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फञ्सन अन गरी ईन कमिंग कलका बारेमा सटिक रिमाइन्डर प्राप्त गर्न सक्छन् ।

शारीरिक अशक्तता वा गतिशीलता सम्बन्धी समस्या भएका प्रयोगकर्ताहरू कलरओएसको एक्सेसिबिलिटी फञ्सनको प्रयोग गर्न सक्छन् । स्क्रिनशट, भ्वोल्यूम र ब्राइटनेस जस्ता साधारण फञ्सन बिना स्लाइड वा गेस्चर, सहजै क्ल्किको भरमा नियन्त्रित गर्न सकिन्छ । साथै, कलरओएसले टच एन्ड होल्ड डिले र ओपरेसनल एक्जेक्यूसन टाइम जस्ता फिचर्सपनि कलरओएसमा उपलब्ध छन् । ओपो कलरओेएसले अशक्तता भएका मानिसका लागि विशेष चासोका साथ नयाँ नयाँ फञ्सनको विकास गरिरहेको छ । साथै, तिनका लागि सहजता प्रदान गर्न एक्सेसिबिलिटी एसोसिएसनका ब्यवसायिकहरुका साथ निरन्तर मिटिङ र कलरओएस टिमले अशक्त ईञ्जिनियरहरु सँग उत्पादनमा परिस्कृतिकरणका लागि सुझाव पनि माग्ने गरेको छ ।

शारीरिक अशक्तता भएका मानिसहरूको दृष्टि, श्रवण, टच लगायत समस्याको समाधान उपलब्ध गराउँदै तिनलाई सुदृढ अनुभव प्रदान गर्नु कलरओएसको उद्देश्य हो । भविष्यमा पनि ओपोले आफ्ना उत्पादन अनुकूलन गर्दै अशक्तता सँग जुझी रहेका प्रयोगकर्ताका समस्याको समाधान गर्दै बाधा रहित फञ्सनको उपयोग गर्ने कार्यतिर निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *