कोभिड – १९ विरुद्ध लड्न नबिल बैङ्कको २६ लाख सहयोग

काठमाडौँ । नबिल बैङ्कले कोरोना रोकथाम तथा उपचारका लागि सरकारलाई २६ लाख भन्दा बढी योगदान दिएको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैङ्कका सञ्चालक तथा कर्मचारीहरूले नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा रु २६,२८,८६७.१५ योगदान गरेका हुन् ।

आज मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमबिच बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैङ्कका अध्यक्ष शम्भु प्रसाद पौड्याल, सञ्चालक उपेन्द्र प्रसाद पौड्याल र मानव संसाधन प्रमुख रोशन कोइराला पनि उपस्थित रहेका थिए ।

कोरोना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनसायले बैंंकका सञ्चालक तथा कर्मचारीहरूले कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले बताए । बैङ्कका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैङ्कले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने बताए । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् ।

बैङ्कले केन्द्रीय तथा प्रादेशिक सरकारहरूलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *