एनएमबि बैङ्कको भाइवर र फेसबुकबाट खाता खोल्दा ५०० सम्म नगद फिर्ता

काठमाडौँ । एनएमबि बैङ्कको भाइवर र फेसबुकबाट खाता खोल्दा ५०० रुपैयाँ सम्म नगद फिर्ता हुने भएको छ । बैङ्कले भाइवर र म्यासेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैङ्किङ कारोबारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना ल्याएको हो ।

दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध भएको बैङ्कले जनाएको छ ।

डिजिटल बैङ्किङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान तथा बैङ्किङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको बैङ्कले जानकारी दिएको छ ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय सेवाहरू छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *